एमालेका ‘फरार सांसद’ कोइरी उद्योग समितिमा सिफारिस
काठमाडौँ । सङ्घीय सांसदका ‘फरार सांसद’ लक्ष्मी महतो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सङ्घीय संसद् सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन । सो सिफारिस अनुसार प्रतिनिधिसभा बैठकले अब उनको नाम अनुमोदन गर्नेछ ।
मधेस आन्दोलन-२ को क्रममा महोत्तरीमा कार्यरत असई थमन बिकको हत्यामा संलग्न भएको भन्दै उनलाई सजाएँ सुनाए पछि कोइरी ‘फरार’ रहेका छन् । तर, उनले संसद् सचिवालयमा पत्र लेखेर स्वास्थ्यका कारण देखाउँदै बैठकमा उपस्थित हुन नसकेको जनाउँदै आएका छन् ।
बिना सूचना १० पटकसम्म लगातार बैठकमा अनुपस्थित भएमा स्वतः सांसद पद खारेज हुने भए पछि कोइरीले पत्र लेखेर उपस्थित हुन नसकेको जनाएका हुन् ।
कोइरीसमेत रहेको सो समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता रहेका छन् ।
न्युज कारखान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त
-
अन्योलमा संसद् बैठक : बानेश्वरमा विभिन्न पक्षबिच छलफल जारी
-
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक शुक्रबारसम्म स्थगित
-
कर्णालीमा एमालेभित्रको विवादले पाएन निकास, शपथ बहिष्कार गरेका शाह हटाइए
-
रवि र गगनको राजनीतिक ब्याटल
-
चोर्नकै लागि हवाईजहाजमा यात्रा