पाकिस्तानले न्यूजिल्याण्डलाई पाँच विकेटले हरायो
शुक्रबार, १५ वैशाख २०८०, १० : ०८
रावलपिण्डी । पाकिस्तानले पाँच खेलको एकदिवसीय शृंखलाको पहिलो खेलमा न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । रावलपिण्डी क्रिकेट स्टेडियममा बिहीबार भएको पहिलो एकदिवसीय क्रिकेटमा कप्तान बाबर आजमले न्युजिल्यान्डलाई टस जितेर पहिले ब्याटिङ गर्न आह्वान गरेका थिए ।
सहज पिचमा पहिले खेलेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले सहजै पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
पाकिस्तानका लागि फखर जमानले १३ चौका र एक छक्का प्रहार गर्दै नवौं शतक पूरा गरे। उनलाई इमाम उल हक र बाबर आजमले साथ दिए । उनीहरुले क्रमशस् ६० र ४९ रन बनाए ।
जमानले आफ्नो इनिङ्सका लागि म्यान अफ द म्याचको अवार्ड पाए भने बाबर आजमले पनि यही इनिङ्सका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा १२ हजार रन पूरा गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण