एमालेले भन्यो–प्रधानमन्त्रीले अस्थिरतामाथि खेल्ने प्रयास गर्नुभयो
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले अस्थिरतामाथि खेल्ने प्रयास गरेको आरोप लगाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले अध्यक्ष केपी शर्मा ओलीमाथि दिनप्रतिदिन आक्रमण बढिरहेको बताएको हो ।
पार्टी उपमहासचिव विष्णु रिमालले अवाञ्छित गतिविधि प्रधानमन्त्री स्वयं संरक्षक बनेको आरोप लगाए ।
उनले प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतामाथि बारम्बार आक्रमण भइरहँदा पनि सुरक्षा प्रशासन मूकदर्शक बनेको बताए । उनले यस्ता अराजक गतिविधिलाई समयमा नै नसोच्ने हो भने विगतमा झैँ मनोमानी बढ्ने बताए । उनले समाज एक ढंगले अराजकता जाने स्थितिमा जान खोजेको बताए ।
उपमहासचिव रिमालले अहिलेको अस्थिरताको कारक प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र) नै रहेको दाबी गरे ।
यस्तै एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताए ।
सचिव भट्टराईले कोशी प्रदेश नामाकरणको विरोध शान्तिपूर्ण रुपमा गर्न पाउने भएपनि नेकपा (माओवादी केन्द्र) का संगठनहरुले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक रहेको बताए । भट्टराईले अहिले एउटा राजनीतिक दल नेकपा एमाले लक्षित गरी आक्रमण भइरहेको बताए ।
सचिव भट्टराईले प्रधानमन्त्री दाहालले कोशी प्रदेश नाममाकरण गर्न सहमति दिएपछि पुनः फिर्ता लिनु गैरजिम्मेवारीपन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
-
नेपाल लाइफको सीइओमा पराजुली पुन: नियुक्त
-
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश
-
कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण