अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महत र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ ।
सो भेटमा टोखा–छहरे सुरुङमार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ । त्यस्तै, मुस्ताङ, रसुवागढीलगायत अन्य पहाडी भू–भागसमेतमा सुरुङ मार्ग बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।
चीनबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढाउने विषयमा पनि छलफल भएको सचिवालयले प्रेस नोटमार्फत जानकारी दिएको छ ।
“अर्थमन्त्री डा महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने कुरा बताउनुभयो”, भेटबारे उल्लेख गर्दै भनिएको छ, “चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब रु ८० अर्ब उपलब्ध गराउन सक्ने जानकारी गराउनुभएको छ ।”
चीन सरकारले उपलब्ध गराउने सहयोग रकम पूर्वाधार क्षेत्रमै प्रयोग हुने विश्वास पनि राजदूत सोङले व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण