दिगो विकास लक्ष्य हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकास लक्ष्य हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार विराटनगरमा आयोजित नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्याङ्कन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्कीले नेपालले २०१५ मै दिगो विकास लक्ष्य, अवस्था र मार्गचित्र तयार गरी त्यसै अनुरुपका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्दै आइरहेको बताए ।
संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रका हैसियतले नेपाल दिगो विकासका लक्ष्यहरूप्रति प्रतिबद्ध रहेको उनले जानकारी गराए ।
सन् २०१५ को सेप्टेम्बरमा विश्वका नेताहरुले संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमार्फत अनुमोदन गरेको यो एजेण्डा अन्तर्गत विश्वका १९३ देशहरुले विभिन्न १७ वटा लक्ष्यमार्फत सन् २०३० सम्ममा गरिबी अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरेका मुख्यमन्त्री कार्कीले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण