राष्ट्रियसभाको विषयगत समितिमा रहने सांसदको नाम हेरफेर
काठमाडौँ । राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहने सांसदको नाम हेरफेर गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाअन्तर्गत गठित विषयगत समितिमा रहनुहुने सांसदको नाम हेरफेर भएको सूचना सुनाएका थिए ।
उनले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा मनोनयन हुनुभएका सांसदको नाम पनि प्रस्तुत गरे । अध्यक्ष तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका सभापतिको निर्वाचन यही वैशाख २५ गते हुने जानकारी गराए ।
यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८–२०७९ सभासमक्ष पेस गरे ।
बैठकमा मन्त्री किरातीको ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव पारित भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १८४को उपनियम ९४० बमोजिम सदस्यबाट प्राप्त अनुपस्थितिको सूचना अध्यक्ष तिमल्सिनाले प्रस्तुत गर्नुभएकामा स्वीकृत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण