शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलालीमा बुवाले गरे छोराको हत्या

शनिबार, १६ वैशाख २०८०, १४ : ०५
शनिबार, १६ वैशाख २०८०

कैलाली । कैलालीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन्। धनगढी उपमहानगरपालिका–६ मट्यारीका ४७ वर्षीय महेशकुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेका हुन्। अर्जुनलाई घरदेखि करिब १५० मिटर टाढा जंगलमा लगेर टाउकोमा ईट्टा प्रहार गरी महेशले हत्या गरेको प्रहरीले जनाएको छ।

खबर पाउनासाथ वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट प्रहरी निरिक्षक उपेन्द्रबहादुर बमको टोली घटनास्थलमा खटिएको र अनुसन्धानका लागी प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको कमाण्डमा सोको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। महेशलाई नियन्त्रणमा लिइएको प्रहरीले भनाइ छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप