वैद्य र बास्तोलाको एकताको टुंगो लाग्यो, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बन्ने
काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीबीच एकताबारे अन्तिम टुंगो लागेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने नयाँ पार्टीको संयोजक वैद्य रहनेछन् । त्यस्तै प्रवक्ता बास्तोला बन्ने भएका छन् ।
बास्तोलाका अनुसार एकीकृत पार्टीमा हाललाई १५ सदस्यीय कार्यलय सदस्य रहनेछन् भने कूल २६७ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिती बनाइएको छ । यसमा दुवै पार्टीका केन्द्रीय सदस्यहरु समेटिएका छन् । एक वर्षभित्र एकता महाधिवेशन गर्ने निर्णय भएको बास्तोलाले जानकारी दिए ।
एकताका लागि अन्तरिम विधान पास गरिएको छ भने पार्टीको दस्तावेज पनि पारित भएको छ। पार्टी एकताको घोषणा वैशाख १८ गते मजदुर दिवसका दिन गरिने बास्तोलाको भनाई छ ।
२०६९ सालमा प्रचण्ड नेतृत्वको नेकपा एकीकृत माओवादी पार्टीबाट अलग भई नेकपा– माओवादी गठन भएको थियो । वैद्य प्रचण्डबाट अलग भएको तीन वर्षमै विप्लवले आफ्नो नेतृत्वमा नेकपा गठन गरेका थिए । विप्लव नेतृत्वको पार्टीबाट बास्तोला नेतृत्वको टिम विभाजन भई आफ्नो नेतृत्वमा नेकपा बहुमत गठन गरेका हुन् । प्रचण्ड नेतृत्वको पार्टीबाट अलग भएको ११ वर्षपछि वैद्य र बास्तोला एउटै पार्टीमा हुने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण