शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
कोरोनाभाइरस

कोभिडबाट थप एक सङ्क्रमितको मृत्यु

शनिबार, १६ वैशाख २०८०, १७ : ४४
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना महामारी सुरु भएयता नेपालमा १२ हजार ३० जनाको मृत्यु भइसकेको छ । नेपालमा कोरोनाबाट हुने मृत्युदर १.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । १ हजार २३८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २२ तथा एन्टीजेन विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । यही अवधिमा थप ३५ जना निको पनि भएका छन् । 

योसँगै पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ३६१ पुगेको छ । यसमध्ये  हाल २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ८ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप