कोरोनाभाइरस
कोभिडबाट थप एक सङ्क्रमितको मृत्यु
शनिबार, १६ वैशाख २०८०, १७ : ४४
काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोरोना महामारी सुरु भएयता नेपालमा १२ हजार ३० जनाको मृत्यु भइसकेको छ । नेपालमा कोरोनाबाट हुने मृत्युदर १.२ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । १ हजार २३८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २२ तथा एन्टीजेन विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । यही अवधिमा थप ३५ जना निको पनि भएका छन् ।
योसँगै पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ३६१ पुगेको छ । यसमध्ये हाल २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ८ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण