अछाममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
शनिबार, १६ वैशाख २०८०, १८ : ५१

अछाम । ट्याक्टर दुर्घटना हुँदा अछाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका–६ सोडसाबाट नुवाघरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त २९९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३३ वर्षीय ध्रुव कुँवरको मृत्यु भएको हो ।
ट्याक्टर अनियन्त्रित भएर शुक्रबार राति दुर्घटना हुँदा मेल्लेख गाउँपालिका–१ का कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ
-
करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
-
अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र
-
‘पीआर’को सकियो छायाङ्कन
-
अध्यक्षका लागि ५ जनाको दाबेदारी, तर उमेरहदको डर
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची