अछाममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
शनिबार, १६ वैशाख २०८०, १८ : ५१
अछाम । ट्याक्टर दुर्घटना हुँदा अछाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका–६ सोडसाबाट नुवाघरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त २९९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३३ वर्षीय ध्रुव कुँवरको मृत्यु भएको हो ।
ट्याक्टर अनियन्त्रित भएर शुक्रबार राति दुर्घटना हुँदा मेल्लेख गाउँपालिका–१ का कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण