सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको छ : मन्त्री शर्मा
भालुवाङ । नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताएकी छन् । दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारले समयमै हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याएको बताइन् ।
उनले भनिन्, ‘पछिल्लो समय ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भक्ता कटौती गर्दैछ भनेर पनि प्रचार गरिएको छ यो सरासर गलत हो । यो बारेमा अहिलेको सरकारले कुनै निर्णय लिएको छैन ।’ यो विषय सोच्नै नसक्ने भन्दै सरकारलाई बदनाम गराउनेले ज्येष्ठ नागरिक भत्ता कटौती गर्दैछ भनेर हल्ला फिजाइ रहेको मन्त्री शर्माले बताइन् ।
मन्त्री शर्माले सरकारले गरेका सकारात्मक कामलाई पार्टी कार्यकर्ताले जनता सामू लैजान र जनताका समस्या सरकारसम्म ल्याउन आग्रह गरिन् । सरकार खेतीको समय अगावै सबै किसानको पहुँचमा मलखाद पुर्याउन प्रतिबद्ध रहेको बताइन् । उनले मिटरब्याजी पीडितका समस्या सधैँका लागि अन्त्य गर्नका लागि कानुन निर्माण गरी हल गर्ने प्रक्रियामा सरकार रहेको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण