सुख्खा पहिरो
संखुवासभामा अरुण नदी थुनियो
आइतबार, १७ वैशाख २०८०, १२ : ५८
संखुवासभा । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनास्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेको छ।
भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत् आयोजनास्थलमा पहिरो खस्दा अरुण नदीको बहाव थुनिएको छ। आइतबार बिहानैदेखि सुक्खा पहिरो खसिरहेकाले डाइभर्सन गरेर नदी खुलाउने प्रयास भइरहेको बताइएको छ।
अरुण थुनिँदा जलविद्युत् निर्माण स्थलमा ड्याम साइडको काम पनि रोकिएको छ। निर्माण स्थलमा निर्मित टनेल थुनिएपछि अहिले निर्माण पक्षले ड्यामसाइडबाट नदीको पानी खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताए।
पहिरो लगातार झरिरहेकाले नियमित मार्गबाट नदीको बहाव खुलाउन अझै केही घण्टा लाग्ने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण