मस्कले अधिग्रहण गरेपछि ट्वीटले सेन्सरसीप र निगरानीसम्बन्धी सबै सरकारी आदेशलाई मान्यो : रिपोर्ट
काठमाडौँ । अभिव्यक्ति स्वतन्त्रताको एक नयाँ युगको सुरुवात गर्ने र सामाजिक सञ्जालमा राजनीतिक हस्तक्षेप अस्वीकार गर्ने आफ्नो वाचा बिपरित एलन मस्कले ट्वीटर सेन्सरसीप र निगरानीका लागि सरकारी आदेशलाई झन् बढी पालना गरेको खुलेको छ । वैश्विक स्तरमा प्रविधिसँग जोडिएको समाचार दिने वेबसाइट रेस्ट अफ वर्ल्डले ट्वीटरद्वारा रिपोर्ट गरिएको तथ्याङ्क विश्लेषण गरेको हो ।
जसअनुसार ट्वीटरलाई सन् २७ अक्टोबर, २०२२ अक्टोबर २७ अप्रिल, २०२३ सम्म ९७१ सरकारी र अदालती अनुरोध प्राप्त भएको थियो । यी अनुरोधमा विवादास्पद पोस्ट हटाउनेदेखि गुमनाम अकाउन्ट पहिचान गर्न निजी तथ्याङ्क प्रस्तुत गर्न माग गरिएको थियो । ट्वीटरका अनुसार ९७१ अनुरोधमध्ये ८०८ अनुरोध पूर्णरुपमा तथा १५४ अन्य मामिलालाई आंशिकरुपमा पालन गरेको थियो । नौ अनुरोधको सम्बन्धमा ट्वीटरले कुनै विशिष्ट प्रतिक्रियाको सूचना दिएन ।
रेस्ट अफ द वर्ल्डले भनेको छ, ‘सबैभन्दा खतरनाक कुरा भनेको ट्वीटरको आफ्नो रिपोर्टमा कुनै पनि अनुरोधमा कम्पनीले त्यसलाई पालना गर्न अस्वीकार गरेको उल्लेख छैन । मस्कले अधिग्रहण गर्न अघि भने ट्वीटरले कयौँपटक त्यस्ता अनुरोध मान्न अस्वीकार गरेको थियो । मस्कले अधिग्रहण गर्नुभन्दा ६ महिनाअघि ट्वीटरले यस्ता तीनवटा अनुरोधलाई खारेज गरेको थियो । त्योभन्दा पनि ६ महिना पहिले कम्पनीले पाँचवटा अनुरोधलाई खारेज गरेको थियो ।’
यो तथ्याङ्क ट्वीटरले लुमेन डेटाबेसलाई प्रदान गरेको जानकारीको आधारमा प्रस्तुत गरिएको हो । तथ्याङ्कअनुसार ट्वीटरद्वारा पूर्णरुपमा पालना गरिएको अनुरोधको प्रतिशतमा उल्लेखनीय वृद्धि भएको छ । मस्कले अधिग्रहण गर्नुभन्दा एक वर्षअघि पालना दर लगभग ५० प्रतिशत थियो । तर, अहिले यो दर बढेर ८३ प्रतिशत (९७१ मा ८०८ अनुरोधलाई पालना) सम्म बढेको छ । रिपोर्टअनुसार विशेष रूपमा भारत, टर्की र यूएईजस्ता देशमा भाषणमाथि अधिक नियमका कारण यस्ता अनुरोधको सङ्ख्यामा वृद्धि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण