डा. इनुका कृति विमोचित
काठमाडौँ । साहित्यकार डा. इनु महत खड्काका दुई कृति ‘घनश्याम राजकर्णिकारः नियात्रा र पूर्वीय संस्कृतिको अभिव्यञ्जना’ र ‘पूर्वीय संस्कृति र दर्शन’को एकसाथ विमोचन गरिएको छ ।
साहित्यिक पत्रकार सङ्घद्वारा वैशाख १६ गते अरनिको भिलेज रिसोर्ट भक्तपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. सुरेन्द्र केसी, राधेश्याम लेकाली, घनश्याम राजकर्णिकार, प्रतीक ढकाल, कृष्ण दाहाल लगायतले संयुक्त रूपमा ती अनुसन्धानात्मक कृतिको विमोचन गरेका हुन् ।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ समालोचकहरू प्राडा कृष्णप्रसाद दाहाल, प्राडा गोविन्दमान सिंह कार्कीले कृतिबारे समीक्षात्मक मन्तव्य राखेका थिए ।
यसैगरी समालोचकहरु डा. शान्ति गिरी, नीलकण्ठ भुसाल र प्राडा देवमणि भट्टराईले पनि दुवै कृतिका बारेमा पाठकीय टिप्पणी गरका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण