प्रदेश
थुनिएको अरुण नदी खोलियो
आइतबार, १७ वैशाख २०८०, १५ : ०१
विराटनगर । सुक्खा पहिरो झरेर थुनिएको अरुण नदी खुलेको छ ।
निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनास्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर नदी प्रवाह रोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले दिउँसो साढे २ बजेदेखि थुनिएको नदी आफ्नै बहावमा फर्किएको बताए । नदी थुनिँदा कुनै पनि क्षति नभएको र खुलेपछि पनि खतराको कुनै सम्भावना नरहेको उनले बताए ।
भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत् आयोजनास्थलमा आइतबार बिहान पहिरो खसेको थियो । त्यसक्रममा जलविद्युत् निर्माणस्थलमा ड्यामसाइडको काम पनि रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण