सुख्खा पहिरो
संखुवासभामा अरुण नदी थुनियो
आइतबार, १७ वैशाख २०८०, १२ : ५८

संखुवासभा । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनास्थल संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेको छ।
भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत् आयोजनास्थलमा पहिरो खस्दा अरुण नदीको बहाव थुनिएको छ। आइतबार बिहानैदेखि सुक्खा पहिरो खसिरहेकाले डाइभर्सन गरेर नदी खुलाउने प्रयास भइरहेको बताइएको छ।
अरुण थुनिँदा जलविद्युत् निर्माण स्थलमा ड्याम साइडको काम पनि रोकिएको छ। निर्माण स्थलमा निर्मित टनेल थुनिएपछि अहिले निर्माण पक्षले ड्यामसाइडबाट नदीको पानी खुलाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले बताए।
पहिरो लगातार झरिरहेकाले नियमित मार्गबाट नदीको बहाव खुलाउन अझै केही घण्टा लाग्ने उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष
-
नेपालकै पहिलो नवग्रह मन्दिर पुगे कांग्रेस महामन्त्री थापा
-
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना
-
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो