गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले २१ गते विश्वासको मत लिने
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएको छन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वैशाख २१ गते अधिवेशन आहन गरेका हुन् । सोही दिन मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
वैशाख १४ गते मात्र पाण्डे गण्डकी प्रदेशका पाँचौ मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । सरकार गठन भएको छोटो समयमा नै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन् ।
‘प्रदेश सरकारको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेश सभाको अधिवेशन प्रदेश भवन नदीपुरमा वेशाख २१ गते बिहीबार दिउँसो २ बजे आरम्भ हुनेछ,’ प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा छ ।
साेही दिन विश्वासकाे मत लिने मुख्यमन्त्री कार्यालयले स्राेतले जनाएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण