ओलीलाई राप्रपाको प्रश्न : ०६३ सालसम्म के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति राप्रपाले आपत्ति जनाउँदै उक्त अभिव्यक्ति फिर्ता लिन अनुरोध गरेको छ । अध्यक्ष ओलीले राजतन्त्र मान्नेहरु स्वार्थी, फटाहा र बुद्धि नभएकाहरु भएको बताएका थिए । ओलीको सोही अभिव्यक्तिको राप्रपाले विरोध गरेको हो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले ओलीको अभिव्यक्तिले राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुगेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठले भनेका छन्-‘राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुग्ने गरि एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति आपत्तिजनक र दुर्भाग्यपूर्ण छ । राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी हुन्छन् भन्ने उहाँको अभिव्यक्ति असहिष्णु र विद्वेषपूर्ण छन् ।’ साथै उनले आफ्नो अभिव्यक्ति फिर्ता लिन ओलीलाई अनुरोध समेत गरेका छन् ।
साथै श्रेष्ठले ओलीलाई प्रश्न गर्दै भनेका छन्– ‘सँगसँगै प्रश्न पनि गर्न चाहन्छु– ०६३ सालसम्म के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ?’
नेकपा एमालेका अध्यक्ष ओलीले आइतबार पार्टी निकट अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै तीन किसिमका मानिस- स्वार्थी, फटाहा र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण