बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ११ दिनको उपचारपछि स्वदेश फर्किए राष्ट्रपति पौडेल

आइतबार, १७ वैशाख २०८०, २३ : ०८
आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किएका छन् । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किएका हुन् । 
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट राष्ट्रपति पौडेल स्वदेश फर्किएका छन् ।  स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिएको थियो ।  उनलाई उच्च सुरक्षासहित एम्स पुर्‍याइएको थियो ।

उनको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्राडा अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न थियो । 

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप