सात गोलको थ्रिलरमा लिभरपुल विजयी
लिभरपुल । नाटकीय खेलको इन्जुरी समयमा डिओगो जोटाले गोल गरेपछि लिभरपुलले सात गोलको थ्रिलरमा टोटनहम हटस्पर्सलाई ४–३ गोलले पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा स्पर्स खेलको सुरुवाती १५ मिनेटमा तीन गोलले पछि परेको थियो । कर्टिस जोन्स, लुइस डियाज र मोहमद शालाहले एक–एक गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ३९ औँ मिनेटमा ह्यारी केनले स्पर्सका लागि एक गोल फर्काए ।
दोस्रो हाफको ७७ औँ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै लिभरपुलको अग्रता कम गरे । इन्जुरी समयको ९३ औँ मिनेटमा रिचार्लिसनले स्पर्सका लागि बराबरी गोल गरे । खेल बराबरीमा सकिने सबैले अपेक्षा गरिरहँदा जोटाले ९४ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई जीत दिलाए । जीतपछि लिभरपुल लिगको पाँचौँ स्थानमा उक्लिएको छ । स्पर्स भने छैटौँ स्थानमा खस्किएको छ ।

उता, ब्रुनो फर्नान्डेजको १ सयौँ करियर गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लाको १० खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ । जीतसँगै युनाइटेडले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । ३२ खेलबाट ६३ अङ्क बटुल्दै युनाइटेड लिगको चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण