एसीसी प्रिमियर कप
यूएईको चौथो विकेट गुम्यो
सोमबार, १८ वैशाख २०८०, ०९ : ५१
काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध चौथो विकेट लिएको छ । ललित राजवंशीले रमिज शहजादलाई आउट गरेका हुन् ।
यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए । यूएईले ३५ रनमा ४ विकेट गुमाइसकेको छ ।
आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।
सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ । त्यस्तै, पछिल्ला तीन खेलमा यूएईविरुद्ध नेपाल अपराजित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण