पुष्करले सुनाए रास्वपा ‘घण्टी घर’ को कथा : साइकललाई नो इन्ट्री !
काठमाडौँ । रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा गाडी र मोटरसाइकल प्रवेश खुला भएपनि साइकल प्रवेश निषेध गरिएको छ । विश्व साइकल यात्री पुष्कर शाहले सोमबार बिहान रास्वपाको कार्यालय घण्टीघर पुग्दा कार्यलयका सुरक्षा गार्डले साइकल निषेध भएको भन्दै आफुलाई प्रवेश नदिएकोे खुलासा गरेका हुन् ।
साइकल यात्री शाहले ‘घन्टी घरको कथा’ भन्दै सामाजिक सञ्जालमा तस्बिरसहित राखेर लेखेका छन्, ‘माननीय डिपी अर्याल : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो । अध्यक्षज्यूलाई नि भेट्नुपर्यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ ।’
उनले थप प्रष्ट पार्दै भनेका छन्, ‘पालेज्यूले साइकललाई घन्टी घरभित्र प्रवेश छैन भन्नुभो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननीय डिपी अर्याललाई फोन गरेँ : फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । झ्याक्ने साइकले जिन्दगी !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण