एसीसी प्रिमियर कप
नेपाललाई सातौँ सफलता
सोमबार, १८ वैशाख २०८०, ११ : ३५
काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले सातौँ विकेट लिएको छ । सन्दीप लामिछानेले ५ रन बनाएका यूएईका आयान अफजल खानलाई आफ्नो शिकार बनाएका हुन् । खेलमा उनको यो दोस्रो विकेट हो । यूएईले ७ विकेटको क्षतिमा १ सय ३ रन बनाएको छ ।
यसअघि नेपालका लागि करन केसीले दुई तथा गुल्सन झा सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका थिए । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण