जनमोर्चाले ‘अमेरिकी साम्राज्यवाद’ विरुद्ध मेची–महाकाली अभियान चलाउने
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपालमा अमेरिकी साम्राज्यवादको बढ्दो खतराको गम्भीरतामाथि ध्यान दिँदै अमेरिकी साम्राज्यवादका विरुद्ध मेची महाकाली अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता तथा उपाध्यक्ष दुर्गा पौडेलका अनुसार ती अभियानहरू दुई भागमा विभाजित गरी सम्पन्न गरिने छन् ।
दुवै भागका अभियानहरू जेठ १ गते महेन्द्रनगर र बाग्लुङमा उद्घाटन गरिने छन् भने दुवै अभियानहरूको जेठ १५ गते एकैदिन बुटवल र काठमाडौँमा समापन गरिने छन् ।
उक्त अभियानका कार्यक्रमलाई दुवै चरणमा दुई–दुई टोलीले क्रमशः सम्पन्न गर्ने पौडेलको भनाई छ । महेन्द्रनगरबाट सुरु भएको प्रथम भागको अभियानको पहिलो टोलीको महेन्द्रनगरदेखि सुर्खेतसम्म राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेतृत्व गर्नेछन् भने तुल्सीपुरदेखि बुटवलसम्मको दोस्रो टोलीको नेतृत्व पौडेल आफैले गर्ने छिन् ।
बाग्लुङबाट सुरु भएको दोस्रो भागको पहिलो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले र बारादेखि सुरु भएको दोस्रो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले गर्ने पार्टीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण