मिटरब्याजी पीडितको पक्षमा बाबुरामले जनाए ऐक्यबद्धता
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले तराईसहित विभिन्न ३० जिल्लाबाट आई आन्दोलनरत मिटरब्याजी पीडितलाई भेटेर ऐक्यबद्धता जनाएका छन् । रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर भट्टराईले मिटरब्याजी पीडितको पक्षमा तुरुन्त राजनीतिक निर्णय गरेर न्याय दिन आग्रह गरेका हुन् ।
उनले विगत २८ दिनदेखि धर्नामा बसेका मिटरब्याजी पीडितको पक्षमा राजनीतिक निर्णय गर्नुपर्ने बताए । ‘शान्तिवाटिकामा २८ दिनदेखि धर्नामा बसेका मिटरब्याज पीडितहरूप्रति नेसपाको ऐक्यबद्धता छ’ सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘सरकारले बनाएको आयोगको कार्यादेश विस्तार गर्ने र शक्तिशाली बनाउने, जाली तमसुकहरू आयोगसमक्ष समर्पण गर्ने वा जफत गर्ने, जाली मुद्दा र धरपकड रोक्ने गरी तुरून्त राजनीतिक निर्णयगर्ने कुरा सरकारले गरोस् ।’
मिटरब्याजी पीडित गत चैत १९ गते काठमाडौँ आएका थिए । सरकारले मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ आयोग समेत बनाइसकेको छ । आयोग बनाएर मात्रै न्याय नहुने भन्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण