बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मिटरब्याजी पीडितको पक्षमा बाबुरामले जनाए ऐक्यबद्धता

सोमबार, १८ वैशाख २०८०, १३ : ४०
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले तराईसहित विभिन्न ३० जिल्लाबाट आई आन्दोलनरत मिटरब्याजी पीडितलाई भेटेर ऐक्यबद्धता जनाएका छन् । रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर भट्टराईले मिटरब्याजी पीडितको पक्षमा तुरुन्त राजनीतिक निर्णय गरेर न्याय दिन आग्रह गरेका हुन् ।

उनले विगत २८ दिनदेखि धर्नामा बसेका मिटरब्याजी पीडितको पक्षमा राजनीतिक निर्णय गर्नुपर्ने बताए । ‘शान्तिवाटिकामा २८ दिनदेखि धर्नामा बसेका मिटरब्याज पीडितहरूप्रति नेसपाको ऐक्यबद्धता छ’ सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘सरकारले बनाएको आयोगको कार्यादेश विस्तार गर्ने र शक्तिशाली बनाउने, जाली तमसुकहरू आयोगसमक्ष समर्पण गर्ने वा जफत गर्ने, जाली मुद्दा र धरपकड रोक्ने गरी तुरून्त राजनीतिक निर्णयगर्ने कुरा सरकारले गरोस् ।’

मिटरब्याजी पीडित गत चैत १९ गते काठमाडौँ आएका थिए । सरकारले  मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ आयोग समेत बनाइसकेको छ । आयोग बनाएर मात्रै न्याय नहुने भन्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप