रोबोटद्वारा गर्भाधान गराइएका जुम्ल्याहाको जन्म
स्पेनमा बच्चा जन्माउन राेबोट्सको मद्दत लिइएको छ । रोबोट्सले गर्भाधान गर्न सहयोग गरेको जुम्ल्याहा छोरीको जन्म भइसकेको छ ।
उक्त प्रक्रिया बार्सिलोनामा पूरा भएको हो र शुक्रकीटलाई सुईमार्फत महिलाको अण्डासँग मिलान गराउन विद्यार्थी इन्जिनियर इड्वार्ड अल्बाको सहभागिता थियो ।
यो नयाँ प्रक्रिया स्टार्टअप कम्पनी ओभरचर लाइफले सुरु गरेको हो । महिलालाई अलि सस्तोमा प्रभावकारी ढङ्गले गर्भाधान गर्न सहयोग गराउने यसको उद्देश्य रहेको छ । इन–भिट्रो फर्टिलाइजेसनका लागि लाखौँ रकम खर्च हुने गर्छ ।
साधरणतया आइभीएफ प्रविधिमा विशेषज्ञ डाक्टरको निगरानीमा नै पुरुषको शुक्रकीट र महिलाको अण्डालाई मिलाएर भ्रूणलाई विकसित गर्ने गरिन्छ । तर यस पटक रोबोट्सले यस्तो गरेको छ ।
एमआइटी टेक्नोलोजी रिभ्युसँग कुरा गर्दै अल्बाले भने, ‘म त्यति बेला शान्त थिएँ । त्यति बेला मैले सोचिरहेको थिएँ ‘यो अर्को एउटा परीक्षण त हो ।’’
‘यो ठुलो उपलब्धि हो । ओभरचरले अब रोबोटद्वारा पहिलो पटक गर्भाधान गरिएको दुई स्वस्थ छोरीलाई जन्म दिएको भनेर दाबी गर्न सक्छ ।’
यद्यपि, विशेषज्ञ यसका लागि थप अनुसन्धानको आवश्यकता रहेको विश्वास गर्छन् ।
केही विज्ञ यसमा सहमत छैनन् । कोलम्बिया युनिभर्सिटी फर्टिलिटी क्लिनिकका निर्देशक जेभ विलियम्सले यो समयमा निषेचनका लागि मेसिनभन्दा मानिस नै पोख्त भएको बताएका छन् ।
‘निषेचनका लागि तपाईं सकेसम्म नाजुक हुनुपर्छ । यो समयमा मानिस नै मेसिनभन्दा राम्रा छन्,’ उनले भने ।
ओभरचरले यसमा थप अनुसन्धानका लागि ३७ मिलियन डलर रकम सङ्कलन गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण