आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धन सरकार पाँच वर्ष टिक्छ : ज्ञानेन्द्र बहादुर कार्की

सोमबार, १८ वैशाख २०८०, १६ : ५७
सोमबार, १८ वैशाख २०८०

विराटनगर । पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्ता गठबन्धनको सरकार पाँचै वर्ष टिक्ने बताएका छन् । उनले नेकपा एमाले पाँच वर्ष प्रतिपक्षमा बस्ने दाबी पनि गरे । 

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ४ को हनुमान चौकदेखि सीमावर्ती देपानगञ्ज गाउँपालिकासम्म जोड्ने सडकको शिलान्यास गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

‘नेपालमा अस्थिरता मच्चाउने शक्ति सधैँ लागिरहेको छ । त्यस शक्तिलाई पराजित गर्नु अहिलेको चुनौती हो,’ कार्कीले भने, ‘वर्तमान सरकार ढल्छ भन्ने हल्ला चलाइएको छ । म तपाईँहरूलाई ढुक्कका साथ भन्छु आउने पाँचै वर्ष गठबन्धनको सरकार टिक्छ, एमाले पाँचै वर्ष प्रतिपक्षी हुन्छ ।’ उनले नेकपा एमाले र काँग्रेस मिलेर सरकार बनाउने विषय पनि हल्ला मात्रै भएको र त्यो असम्भव भएको बताए ।

साढे १० किलोमिटर सडकको शिलान्यास

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता कार्कीले सदरमुकामदेखि सीमावर्ती गाउँसम्म जोड्ने सडकको इनरुवा ४ स्थित हनुमान चोकमा शिलान्यास गरेका हुन् ।

 उक्त सडक कोसी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालयले ठेक्का लगाएको हो । २३ किलोमिटर सडकमध्ये हाल साढे १० किलोमिटर सडक निर्माणको ठेक्का लागेको हो । उक्त सडक महावीर इन्जिनियरिङ एन्ड कन्सट्रक्सन प्रालि काठमाडौँले ३२ करोड ८३ लाख पाँच हजार ८०३ रुपैयाँमा ठेक्का पाएको हो । 

सडक शिलान्यास कार्यक्रममा कोसी प्रदेश भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाईँले विकासले गति लिए मात्र मानवको जीवनस्तर उठ्ने भएकाले भौतिक पूर्वाधारको काम समयमा सक्न आग्रह गरे । उक्त सडक दक्षिण सीमावर्ती देवानगञ्ज गाउँपालिकाको वडा नम्बर ६ रासीको चमैनिया पोखरीबाट सुरु भएर इनरुवा ४ मा रहेको सशस्त्र क्याम्प हुँदै मुख्य राजमार्गको हनुमान चौक राजमार्गमा जोडिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप