साइकल यात्री शाहलाई उपाध्यक्ष अर्यालले फर्काए जवाफ, भने–उहाँले पार्टीबारे भ्रम फैलाउनुभयो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपाध्यक्ष डिपी अर्यालले विश्व साइकल यात्री पुष्कर शाहले सामाजिक सञ्जालमार्फत पार्टीबारे भ्रम फैलाएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा विश्व साइकल यात्री शाहले रास्वपाको कार्यालय घण्टीघर पुग्दा सुरक्षा गार्डले साइकल निषेध भएको भन्दै आफूलाई प्रवेश नदिएको लेखेका थिए ।
त्यसको जवाफ दिँदै उपाध्यक्ष अर्यालले शाहलाई आफूले भेट्न बोलाएको तर उनले लेखे जस्तो यथात भने नभएको बताएका छन् ।
साइकल यात्री शाहले लेखेका छन्, ‘माननीय डिपी अर्याल : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो । अध्यक्षज्यूलाई नि भेट्नुपर्यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ । पालेज्यूले साइकललाई घन्टी घरभित्र प्रवेश छैन भन्नुभो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्योबारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननीय डिपी अर्याललाई फोन गरेँ : फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । झ्याक्ने साइकले जिन्दगी !’
यसको जवाफमा उपाध्यक्ष अर्यालले लेखेका छन्, ‘उहाँले भने अनुसार उहाँको साइकल नै भएको कारणले पार्टी कार्यालयभित्र राख्न दिइएन भन्ने कुरालाई फेरि मैले खण्डन गर्नुपर्ने हुन्छ, किनभने हाम्रो स्टाफदेखि केन्द्रीय सदस्यहरूले पनि साइकल प्रयोग गर्नुहुन्छ । कुरा के रहेछ भने हाम्रो पार्टी कार्यालयमा पार्किङ गर्ने ठाउँ थोरै भएकाले अरू सबै पाहुनाहरू जस्तै उहाँलाई पनि आफ्नो साधन बाहिर राखिदिन अनुरोध गरिएको रहेछ । तर, उहाँले यसलाई सर्वसाधारणमा गलत ढङ्गले प्रस्तुत गरी हामीलाई बदनाम गर्ने भाष्य निर्माण गर्न खोज्नु भएको देख्दा साह्रै दु:ख लागेको छ ।’
अर्यालले शाहलाई आफूले फोन गरेको तर उनले काटिदिएको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण