एसीसी प्रिमियर कप
एसीसी प्रिमियर कप : कप्तान पौडेल एक रन बनाएर आउट
मङ्गलबार, १९ वैशाख २०८०, १० : ०९

काठमाडौँ । यूएईविरुद्धको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका हुन् । रोहन मुस्तफाले उनलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् ।
यसअघि सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका हुन् । आयाल अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए । यसअघि दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर रोहन मुस्तफाले नै आउट गरेका थिए ।
पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । मंगलबार ‘रिजर्भ डे’ को खेलमा ११ रन थप बनाउँदै यूएई ३३.१ ओभरमा अलआउट हुन पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पटक म्याद थप्दा पनि टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
-
सर्वसाधारणलाई बोलाएर गरियो ‘के घर के डेरा : घर नम्बर २’ को प्रिमियर, तस्बिरहरू
-
मतदाता नामावली : १९ हजारभन्दा बढी मतदाता थपिँदा अन्यमा घट्यो
-
‘नरसिंहाः अवतार’ को विदेशी बजारमा माग बढ्दो
-
दीपक र रेजिनालाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान
-
मध्यपश्चिम विश्वविद्यालयलाई नसुधारिएको कि सुधार्न नखोजिएको ?