बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड, ९५ हजारको आवेदन रद्द

मङ्गलबार, १९ वैशाख २०८०, १० : ३५
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयरको मंगलबार बाँडफाँड भएको हो । 

कम्पनीको सेयरका लागि १३ लाख ६३ हजार २६६ जनाले आवेदन दिएका थिए । जसमध्ये १ लाख २६ हजार ९४१ जना सर्वसाधारण आवेदकले १०÷१० कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । जसमध्ये १ जनाले भने ११ कित्ता पाएका छन् । 

तर, कूल आवेदनमध्ये ९५ हजार ९८१ जनाको आवेदन भने रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप