सांग्रिला मोटर्सले नेपाली बजारमा नयाँ सिट्रोन सी ३ लन्च गर्ने तयारी गर्दै
काठमाडौँ । नेपालका लागि सिट्रोन कारको वितरक सांग्रिला मोटर्सले नेपाली बजारमा नयाँ सिट्रोन सी ३ सार्वजनिक गर्ने तयारी गरेको छ। अत्याधुनिक फिचरले भरिएको कम्प्याक्ट एसयुभी सिट्रोन सी ३ यसको डिजाइन र स्टाइल स्टेटमेन्टका कारण प्रशंसा पाइरहेको छ।यसले नेपाली बजारमा पनि आफ्नो फरक डिजाइन र आधुनिक फिचरले मानक स्थापित गर्ने विश्वास कम्पनीको छ।
सिट्रोन सी ३, सिट्रोन फ्यामिलीमा सिट्रोन सी ५ एअरक्रसको लन्चपछि थपिएको उत्कृष्ट कम्प्याक्ट एसयुभी कार हो। सिट्रोन सी ३ ले सिट्रोन सी ५ एअरक्रस जस्तै नेपाली कार उत्साहीहरू माझ आफ्नो लागि छुट्टै नाम बनाउने आशा गरिएको छ। फ्रान्सेली ब्रान्ड सिट्रोन यसको नवीनता, डिजाइन र उत्कृष्टताप्रति प्रतिबद्धताका लागि प्रख्यात छ । सिट्रोन सी ३ पनि यस मानेमा अपवाद नरहने विश्वास गर्न सकिने कम्पनीको भनाइ छ। आफ्नो आकर्षक शैली, उन्नत सस्पेन्सन प्रणाली र फराकिलो भित्री भागले सिट्रोन सी ३ ले नेपालभरका कार उत्साहीहरूलाई प्रभावित पार्ने कम्पनीको भनाइ छ।
सिट्रोन सी ३ लन्च र कार सम्बन्धी थप अपडेटहरूको छिट्टै आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण