एसीसी प्रिमियर कप : झाको अर्धशतक पूरा, जीत नजिक नेपाल
काठमाडौँ । यूएईविरुद्धको एसीसी प्रिमियर कपको फाइनलमा गुल्सन झाले आफ्नो अर्धशतक पूरा गरेका छन् । आजको खेलमा माथिल्लो क्रममा बढुवा गरिएका झाले दबाबबीच ७५ बलमा अर्धशतक पुरा गरेका हुन् ।
उनलाई भीम सार्कीले राम्रो साथ दिइरहेका छन् । सार्की ६४ बलमा ३० रन बनाउँदै खेलिरहेका छन् । ७.६ ओभरमा २२ रनमा ३ विकेट गुमाएको खरब अवस्थाबाट झा र सार्कीले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई जीतको नजिक डोर्याएका छन् । नेपालको स्कोर एक सय रन पुरा भइसकेको छ ।
यसअघि कप्तान रोहित पौडेल १ रन बनाएर रोहन मुस्तफाको शिकार बनेका थिए । त्यस्तै सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका थिए । आयाल अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए । दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर मुस्तफाकै बलमा आउट भएका थिए ।
पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । मंगलबार ‘रिजर्भ डे’ को खेलमा ११ रन थप बनाउँदै यूएई ३३.१ ओभरमा अलआउट हुन पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण