बैतडीमा विद्यालय भर्नामा खोप कार्ड अनिवार्य
बैतडी । बालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ । पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो ।
जिल्ला खोप समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार नै विद्यालयमा बालबालिकालाई भर्ना खोप कार्ड अनिवार्य गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाले खोप लाए/नलाएको जानकारी हुने भएकाले विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गर्न विद्यालयलाई आग्रह गरिएको छ । उनले भने,“खोप ऐन २०७२ मा विद्यालय भर्ना गर्न अनिवार्य खोप लगाएको हुनुपर्ने भनिएको छ । सोहिअनुसार जिल्ला खोप समन्वय समितिको बैठकले पनि गरेको निर्णय हो ।”
बालबालिका भर्ना हुँदा अनिवार्य खोप कार्ड हुनुपर्ने निर्णयअनुसार शिक्षा विकास तथा समन्वय इकाईले प्रत्येक पालिकाका शिक्षा शाखालाई परिपत्र र पालिकाको शिक्षा शाखाकाले पालिकाभित्रका रहेका विद्यालयलाई पत्राचार गरेको भट्टको भनाइ छ ।
राष्ट्रिय खोप तालिका अनुसार बालबालिकालाई विभिन्न रोगविरुद्ध निःशुल्क खोप दिने गरिएको छ । बालबालिकालाई विभिन्न १३ प्रकारका खोप दिइन्छ ।
हाल जिल्लामा विद्यार्थी भर्ना अभियान सञ्चालनमा रहेको छ । विद्यार्थी भर्ना अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुस्करराज शर्माले जानकारी दिनुभयो । बैतडीमा पाँच सय ६२ विद्यालय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण