आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सोमालियामा ६० लडाकु मारिए

मङ्गलबार, १९ वैशाख २०८०, २१ : १४
मङ्गलबार, १९ वैशाख २०८०

मोगादिसु । सोमाली राष्ट्रिय सेनाले मङ्गलबार मध्य सोमालियाको मुदुग क्षेत्रमा विशेष कारबाहीका क्रममा अल-शबाबका ६० जना लडाकूलाई मारेको एक सैन्य अधिकारीले पुष्टि गरेका छन्।

सोमाली नेशनल आर्मीका प्रमुख ओडोवा युसुफ रगेहले सोमाली नेशनल न्युज एजेन्सीलाई सेनाले कारबाहीका क्रममा केही लडाकूलाई पक्राउ गरेको र हतियार समेत बरामद गरेको बताएका छन्।

"हाम्रो सेना र स्थानीय सेनाले यस क्षेत्रमा आतङ्ककारीहरूको मनसाय र आन्दोलनको बारेमा गोप्य जनाकारी पाएको र संयुक्त  कारबाही गरेको थियो ।  उनीहरूले अपरेशनका क्रममा विस्फोटक पदार्थले भरिएको एउटा ठूलो ट्रकलाई ध्वस्त पारेको र टोयोटा हिलक्स कार कब्जा गरेको पनि उल्लेख गरिएको छ ।

अल-शबाब लडाकुहरूले मध्य सोमालियामा सोमाली सेनाले गरेको पछिल्लो अपरेशनको बारेमा अझै कुनै टिप्पणी गरेका छैनन्।-(रासस-सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप