सोमालियामा ६० लडाकु मारिए
मङ्गलबार, १९ वैशाख २०८०, २१ : १४
मोगादिसु । सोमाली राष्ट्रिय सेनाले मङ्गलबार मध्य सोमालियाको मुदुग क्षेत्रमा विशेष कारबाहीका क्रममा अल-शबाबका ६० जना लडाकूलाई मारेको एक सैन्य अधिकारीले पुष्टि गरेका छन्।
सोमाली नेशनल आर्मीका प्रमुख ओडोवा युसुफ रगेहले सोमाली नेशनल न्युज एजेन्सीलाई सेनाले कारबाहीका क्रममा केही लडाकूलाई पक्राउ गरेको र हतियार समेत बरामद गरेको बताएका छन्।
"हाम्रो सेना र स्थानीय सेनाले यस क्षेत्रमा आतङ्ककारीहरूको मनसाय र आन्दोलनको बारेमा गोप्य जनाकारी पाएको र संयुक्त कारबाही गरेको थियो । उनीहरूले अपरेशनका क्रममा विस्फोटक पदार्थले भरिएको एउटा ठूलो ट्रकलाई ध्वस्त पारेको र टोयोटा हिलक्स कार कब्जा गरेको पनि उल्लेख गरिएको छ ।
अल-शबाब लडाकुहरूले मध्य सोमालियामा सोमाली सेनाले गरेको पछिल्लो अपरेशनको बारेमा अझै कुनै टिप्पणी गरेका छैनन्।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण