खेलाडी उत्पादन गर्न पौडी पोखरी निर्माण
बाँके । बाँकेको खजुरामा पहिलोपटक निजी क्षेत्रबाट ठूलो लगानीमा पौडी पोखरी सञ्चालनमा आएको छ । खजुरा गाउँपालिका–४ स्थित मिनीपार्क उद्यानले पौडी पोखरी सञ्चालनमा आएको हो ।
मनोरञ्जनका लागि मात्र नभई बाँकेमा पौडी खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको छ । खजुराको पर्यटन प्रवद्र्धनमा पौडी पोखरीले उल्लेख्य भूमिका निर्वाह गर्ने गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले बताए । उनले भने, “उद्यानसहित मीठा परिकारले यहाँ आन्तरिक तथा बाह्य पर्यटक बढाउने छ, जिल्लाको ग्रामीण क्षेत्रमा खोलिने यस्ता पौडी पोखरीले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छन् । यसलाई दीर्घकालीनरूपमा संरक्षण गर्न जरुरी छ ।”
‘स्वास्थ्य र सुरक्षाका लागि, खेलाडी राष्ट्रका लागि’ नाराका साथ उक्त पोखरी सञ्चालनमा ल्याइएको उद्यानका सञ्चालक टेक श्रेष्ठले बताए। उनले भने, “यो पौडी पोखरी मनोरञ्जनका लागिमात्रै नभएर खेलाडी उत्पादन गर्ने उद्देश्यले पनि निर्माण गरिएको हो ।” पोखरीको लम्बाइ २५ मिटर र चौडाइ १२ दशमलव पाँच मिटरको छ । उक्त पोखरीको गहिराइ तीन दशमलव पाँच फिटदेखि सात फिटसम्म छ भने बालबालिकाका लागि छुट्टै एक दशमलव पाँच फिट गहिराइको पोखरी निर्माण गरिएको छ ।
करिब रु दुई करोडभन्दा बढी लगानीमा पौडी पोखरी निर्माण गरिएको सञ्चालक श्रेष्ठले बताए । उक्त पोखरीमा प्रशिक्षणको समेत व्यवस्था गरिएको छ । प्रशिक्षक चन्दराम चौधरीले प्रशिक्षण दिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण