शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

एमाले सचिव रायमाझीका बाबुछोराविरुद्ध वारेन्ट जारी

बुधबार, २० वैशाख २०८०, १४ : ४४
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । एमाले सचिव टोपबहादुर रायमाझीका बाबुछोराविरुद्ध वारेन्ट जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट बुधवार पक्राउ पुर्जी लिएको हो । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुजी जारी भएको रातोपाटीलाई बताए । 

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा मुछिएपछि उनीहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो । यसअघि पक्राउ परेकाहरुले ठगीमा रायमाझीलगायतका उच्च तहका नेता र कर्मचारीको संलग्नता रहेको भन्दै बयान दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप