आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

दुबईमा न्यूनतम तलब ११ सय माग गर्दै संयुक्त ज्ञापनपत्र

बुधबार, २० वैशाख २०८०, १५ : ३८
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति युएईले श्रम स्वीकृति लिएर आउने कामदारहरूले तलब कम्तीमा ११ सय दिराम हुनुपर्ने भन्दै सरकारसँग त्यसका लागि पहल गर्न माग गरेको छ । युएईमा रहेका विभिन्न दल सम्बद्ध सङ्घ सङ्गठनहरूले सरकारका प्रतिनिधिलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

दुबई भ्रमणमा रहेका प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डेमार्फत समितिले सरकारलाई सात बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै समस्या समाधान गर्न यस्तो अनुरोध गरेको हो । समितिले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो, प्रतिफलयुक्त बनाउने र प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नु नै आजको आवश्यकता भएको पनि जनाएको छ । 

समितिले नेपाली दूतावास अवुधावीमा आवश्यक जनशक्तिको अभावमा राहदानी नवीकरण गर्न समस्या देखिएकाले कम्तीमा १० जनशक्ति थप गर्न सरकारलाई अनुरोध गरेको छ ।  त्यस्तै युएईमा नेपालीहरूको सङ्ख्या दिनहुँ बढ्दो क्रममा रहेकोले दुबई लगायत उत्तरी इमिरेट्स समेट्ने गरि दुबईमा कन्सुलेट खोल्नुपर्ने विगतदेखिको माग पुरा गर्न आग्रह गरेको छ । 

त्यसैगरी कम्तीमा १ वर्ष मान्य हुनेगरि अनिवार्य इन्स्योरेन्स गरेर मात्र युएई आउन पाउने नियम बनाउन, युएईमा भिजिट भिसामा आएर कम्पनीमा नयाँ रोजगारी गर्नेहरूलाई पनि सहज रुपमा नयाँ श्रम स्वीकृति गर्ने व्यवस्था यथाशीघ्र गर्न, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने र विप्रेषण गर्दा विशेष सुविधाहरू अन्य राष्ट्रहरूले जस्तै २ प्रतिशत सम्म थप गरेर खातामा जम्मा हुने, पानी, बिजुलीको महसुलमा विशेष छुटको व्यवस्था गर्न समितिले सरकारसँग अनुरोध गरेको छ ।

nrna-dubai2nrna-dubai1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप