रियाशाले विवाहको तस्बिर पोस्ट गर्दै भनिन्, ‘सधैँका लागि तिमीलाई रोजेँ’
बुधबार, २० वैशाख २०८०, १६ : १५
कलाकार रियाशा दाहालले विवाह गरेकी छिन् । रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग उनले बुधवार विवाह गरेकी हुन् ।
थुप्रै म्युजिक भिडियोमा समेत काम गरिसकेकी रियाशा र भिक्टरबीच पछिल्लो तीन वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो तर यी दुईले आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए ।
रियाशाले आफ्नो फेसबुक अकाउन्टमा विवाहको तस्बिरलाई सोलमेट्स ह्यासट्याग दिएकी छिन् । तस्बिरमा क्याप्सनमा उनले लेखेकी छिन्, ‘सधैँका लागि तिमीलाई रोजेँ ।’
उनको यो तस्बिरमा धेरैले बधाई तथा शुभकामना दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण