रियाशाले विवाहको तस्बिर पोस्ट गर्दै भनिन्, ‘सधैँका लागि तिमीलाई रोजेँ’
बुधबार, २० वैशाख २०८०, १६ : १५

कलाकार रियाशा दाहालले विवाह गरेकी छिन् । रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग उनले बुधवार विवाह गरेकी हुन् ।
थुप्रै म्युजिक भिडियोमा समेत काम गरिसकेकी रियाशा र भिक्टरबीच पछिल्लो तीन वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो तर यी दुईले आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए ।
रियाशाले आफ्नो फेसबुक अकाउन्टमा विवाहको तस्बिरलाई सोलमेट्स ह्यासट्याग दिएकी छिन् । तस्बिरमा क्याप्सनमा उनले लेखेकी छिन्, ‘सधैँका लागि तिमीलाई रोजेँ ।’
उनको यो तस्बिरमा धेरैले बधाई तथा शुभकामना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार चौथो वर्ष रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
-
जुत्ता गन्हाएर वाक्क हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय
-
च्याम्पियन्स लिग फाइनल : युवा जोससामु निरीह बन्यो बुढो बाघ
-
स्वदेशी वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार, धेरै प्रयोग गर्नेलाई पुरस्कार
-
महिलालाई उद्यमसँग जोड्न बाख्रा उपहार
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल