टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले प्रमुख सचेतक गिरीले भने– दोषीमाथि कारबाही हुनुपर्छ*
काठमाडौँ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभा सदस्य समेत रहेका एमाले केन्द्रीय कमिटी सचिव टोपबहादुर रायमाझीलाई कुन प्रमाणका आधारमा पक्राउ पुर्जी जारी गरेको हो भन्ने प्रस्ट नभएको प्रतिक्रिया दिएका छन् । प्रमुख सचेतक गिरीले गलत काम गरेको छ भने जोसुकै भए पनि अनुसन्धान र कारबाहीको दायरामा आउनुपर्ने धारणा राखे ।
‘जुनसुकै वा जोसुकै व्यक्तिले पनि गलत काम गर्छ भने त्यो अनुसन्धानको दायरामा आउनुपर्छ र कारबाही हुनुपर्छ’, गिरीले रातोपाटीसँग भने, ‘यसमा दुईमत छैन । विधिको शासन लागू हुनुपर्छ भन्ने पक्षमा हामी दृढताका साथ रहन्छौ तर यस विषयमा पक्राउ पुर्जी जारी गर्नुपर्ने अवस्था हो होइन त्यसबारे दललाई पनि जानकारी भइसकेको नभएकाले यस विषयमा थप भन्ने कुरा रहेन ।’ गिरीले पक्राउ पुर्जी कुन प्रमाण र कुन प्रयोजनका लागि जारी भएको भन्ने पनि प्रस्ट भैनसकेकाले थप प्रतिक्रिया दिन आवश्यक नभएको बताए ।
‘उहाँ (टोपबहादुर रायमाझी) लाई बोलाएर नआएपछि पक्राउ पुर्जी जारी गरिएको हो वा त्यसै हो भन्ने पनि खुलेको छैन । साथै पुर्जी जारी गर्नुपर्ने तथ्य र आधारहरू के छन् ? ती सबै कुरा हामीलाई जानकारी भैसकेको अवस्था होइन’, गिरीले भने, ‘र यो फेरि अदालतले पक्राउ पुर्जी जारी गरेको अनुसन्धानका लागि मात्रै होला भन्ने मलाई लागेको छ । त्यसकारण प्रहरीले के तथ्य र प्रमाणका आधारमा गरेको हो यो सवै बुझेपछि हामी आफ्नो धारणा राखौला ।’
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लागि दिने भन्दै पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप लागेपछि टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध बुधवार पक्राउ पुर्जी जारी भएको हो ।
*यसअघि समाचारको शीर्षकमा पक्राउ पुर्जी हुनुपर्नेमा पक्राउ मात्रै भएकाले क्षमायाचनासहित सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
-
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण