कांग्रेस उपसभापति गुरुङ बने कानुनमन्त्री, यस्तो छ राजनीति यात्रा ?
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिलामन्त्री बनेका छन् । स्याङ्जा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ पहिलो पटक मन्त्री बनेका छन् । विद्यार्थी राजनीतिबाट उदाएका गुरुङले भ्रष्टाचार विरोधी छवि बनाएका छन् । गुरुङ २०६४ र २०७० मा समानुपातिक सांसद बनेका गुरुङ गत मङ्सिरमा सम्पन्न निर्वाचनमा स्याङ्जा–२ बाट भएका थिए ।
को हुन् धनराज गुरुङ ?
विसं २०२२ मा स्याङ्जाको साविक अर्जुनचौपारी गाविस–७ तथा हालको अर्जुनचौपारी गाउँपालिका–२ मा पिता पूर्णबहादुर गुरुङ र माता पियारी गुरुङका कान्छो सुपुत्रका रूपमा उनको जन्म भएको हो । राजनीतिक यात्रामा नेपाल विद्यार्थी सङ्घमा आबद्धता जनाएका गुरुङ १४ वर्षमा २०३६ सालको आन्दोलनमा सहभागी भए । विसं २०३८ मा १६ वर्षमा हालको भिरकोट–२ स्थित दहथुम माध्यमिक विद्यालयको नेविसङ्घ एकाइ सभापति भए ।
विसं २०४० मा नेविसङ्घ स्याङ्जा जिल्ला सचिव भई काम गरेका गुरुङ विसं २०४३ मा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वतन्त्र विद्यार्थी युनियनमा नेविसङ्घका तर्फबाट प्रतिस्पर्धामा उत्रिएका थिए । विसं २०४८ मा कांग्रेस महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएका गुरुङ सोही वर्ष नै नेविसङ्घको केन्द्रीय उपसभापतिमा निर्वाचित भए । विसं २०५३ मा नेविसङ्घको सभापति बनेका गुरुङ एक वर्षपछि २०५४ सालमा नेपाल तरुण दलको महासचिवमा निर्वाचित भई काम गरेका थिए ।
गुरुङ २०६४ र २०७० सालको पहिलो र दोस्रो संविधानसभा समानुपातिक निर्वाचनमा सांसद बनेका थिए । यसपटक प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फबाट विजयी भएका नेता गुरुङ तेस्रो पटक प्रतिनिधिसभामा प्रवेश गरेका हुन् । पार्टीको १२ औँ र १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भएका उनी १४ औँ महाधिवेशनबाट भने केन्द्रीय उपसभापतिमा विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण