१२ वर्षपछि भारत भ्रमणमा पाकिस्तानी विदेश मन्त्री बिलावल भुट्टो
पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारी बिहीबार भारत पुग्ने कार्यक्रम छ । शंघाई कोअपरशेन अर्गनाइजेसन (एससीओ) को विदेशमन्त्रीबीच आयोजना गरिएको भेटघाटमा समावेश हुनका लागि बिलावल भारत जाँदै छन् । उनी १२ वर्षपछि भारत जाने पाकिस्तानको पहिलो विदेश मन्त्री हुनेछन् । यसअघि सन् २०११ मा पाकिस्तानका पूर्व विदेश मन्त्री हिना रब्बानी खार भारत पुगेकी थिइन् ।
यस्तै, ४–५ मेमा हुन लागेको एससीओ बैठकबाहेक विदेश मन्त्री एस जयशंकर रुस र चीनका विदेश मन्त्रीसँग द्विपक्षीय बैठक पनि गर्नेछन् । बिहीबार विदेश मन्त्रालयले यसबारे जानकारी दिएको छ । रुस–चीनका विदेश मन्त्री यसअघि मार्चमा जी२० को एक बैठकका लागि भारत पुगेका थिए ।
पाकिस्तानका सबैभन्दा कान्छा विदेश मन्त्री हुन् बिलावल भुट्टो
भारत र पाकिस्तानबीच पछिल्लो सात वर्षदेखि कुनै बोलचाल छैन । त्यसैले बिलावल भुट्टोको यो भ्रमणमा सबैको निगरानी छ । बिलावल पाकिस्तानकी एक मात्र महिला प्रधानमन्त्री बनेकी बेनजीर भुट्टोका छोरा हुन् । उनी अप्रिल २०२२ मा ३३ वर्षको उमेरमा पाकिस्तानका कान्छा विदेश मन्त्री बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण