प्रियंका चोपडाले भनिन्, ‘नाकको शल्यक्रिया बिग्रिएपछि तीन वटा फिल्मबाट निकालिएँ, डिप्रेसनमा गएँ’
बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो नयाँ वेब सिरिज ‘सिटाडेल’ का लागि लामो समयदेखि चर्चामा छाइरहेकी छिन् । प्रियंका चोपडा सिटाडेलको प्रोमोसनका लागि विभिन्न देशको यात्रा गरिरहेकी छिन् र अन्तरवार्ता पनि दिइरहेकी छिन् र आफ्नो निजी जीवनबारे खुलासा पनि गरिरहेकी छिन् । पछिल्लो अन्तरवार्तामा पनि उनले त्यस्तै गरेकी छिन् ।
एक अन्तरवार्तामा प्रियंकाले आफ्नो नाकको शल्यक्रियाबारे कुराकानी गरेकी छिन् । प्रियंकाका अनुसार एक शल्यक्रियाका कारण उनले तीन ठुला फिल्मको अवसर गुमाउनु परेको र यसकै कारण आफू डिप्रेसनको सिकारसमेत भएको बताइन् ।
नाकको शल्यक्रियाका कारण डुब्नै लागेको थियो करियर
सिटाडेल नायिका प्रियंका चोपडाले द हावर्ड स्टर्न शोमा भनिन्, ‘मलाई नाकका कारण केही समस्या हुन थालेको थियो । डाक्टरलाई देखाएपछि नाकभित्र तन्तु बढेको र शल्यक्रिया गर्नुपर्ने थाहा भयो । शल्यक्रिया त भयो तर त्यो क्रममा गल्ती भयो । मेरो नाकको आकार फेरियो । यसले मेरो अनुहारको स्वरूप नै बिगारिदियो । त्यसपछि मलाई तीन वटा फिल्मबाट निकालियो ।’
प्रियंका चोपडाले थपिन्, ‘फिल्मबाट निकालिएपछि मेरो करियर सुरु हुनुभन्दा नै अघि सकियो भन्ने लागेको थियो । म डिप्रेसनमा गएँ । ’
यति बेला आफूलाई बुवाले निकै सहयोग गरेको पनि उनले स्मरण गरिन् । उनका पिता अशोक चोपडा भारतीय सेनामा डाक्टर थिए । उनको केही वर्ष अघि निधन भइसकेको छ ।
प्रियंका चोपडाले भनिन्, ‘मेरो जीवनमा यस्ता चिज भए । अनुहार नै फेरियो र म गहिरो डिप्रेसनमा गएँ । तीन फिल्मबाट निकालिएँ । म आत्तिएकी थिएँ तर मेरो बुवाले भन्नुहुन्थ्यो, ‘ म तिमीसँगै उ त्यो कोठामा बस्नेछु ।’’
प्रियंकाले आफ्नो सफलताका लागि बलिउड निर्देशक अनिल शर्मालाई श्रेय दिएकी छिन् । प्रियंकाले भनिन्, ‘म एउटा फिल्ममा मुख्य भूमिका निभाइरहेको थिएँ तर मलाई सहायकमा सारियो । फिल्म निर्माता अनिल शर्मा निकै राम्रो मानिस हुन् । पुरा दुनियाँ मेरो विरुद्धमा हुँदा उनले मलाई साथ दिए । उनले मलाई भनेका थिए, ‘यो एउटा सानो भूमिका हो तर तिमीले यसमा आफ्नो सब थोक सुम्पिनु ।’ मेलै उनले भनेझैँ गरेँ ।’
स्मरण रहोस्, प्रियंका चोपडाको पहिलो हिन्दी फिल्म द हिरो : लभ स्टोरी अफ अ स्पाई (२००३) अनिल शर्माले निर्देशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण