प्रदेश
गण्डकीका मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव
बिहीबार, २१ वैशाख २०८०, १४ : २९
कास्की । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाको बिहीबार बसेको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।
सभामुख कृष्णप्रसाद धितालले अनुमति दिएसँगै मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
सभामुख धितालले संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिन सो सम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका हुन् ।
मुख्यमन्त्री पाण्डे वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले वैशाख १५ गते शपथ लिएका थिए । मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण