गण्डकीका पूर्वमुख्यमन्त्रीले मुख्यमन्त्रीलाई सोधे–तपाई आफ्नै पहल र प्रयत्नले मुख्यमन्त्री हुनुभएको हो र ?
कास्की । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ‘तपाई आफ्नै पहल र प्रयत्नले मुख्यमन्त्री हुनुभएको हो र ?’ भन्ने प्रश्न गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वमुख्यमन्त्री अधिकारीले प्रदेशमा राजनीतिक अस्थिरता बढाउन थालिएकोमा चिन्ता व्यक्त गरे ।
‘दुईतीन महिनामा सरकार फेर्दै जाने हो भने प्रदेशको औचित्यमाथि कति पटक प्रश्न उठ्ने हो, ठेगान छैन,’ उनले भने, ‘यसले प्रदेश चाहिँदैन भन्नेहरुको मत बढ्यो ।’
मुख्यमन्त्री नियुक्त हुनसमेत केन्द्रकै भर पर्नुपर्ने अवस्थामा प्रदेश स्वायत्त निकाय हो भनेर भन्न नसकिने उनको भनाइ थियो ।
उनले अहिलेको सत्ता गठबन्धनले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै प्रदेशमा यसले राजनीतिक अस्थिरतालाई नै बढावा दिने दाबी गरे ।
‘आलोपालो भनेको अस्थिरता होइन ?,’ अधिकारीले भने । आफ्नो पालामा आलोपालोबारे कसैसँग लिखित वा मौखिक सहमति नगरेको पनि उनले दाबी गरे । ‘आलोपालो भनेको अस्थिरता होइन ?,’ उनले भने, ‘त्यो काम एमालेले गर्दैन, गरेको पनि थिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण