आईपीएल क्रिकेट : कोलकातासँग पाँच रनले हार्यो हैदराबाद
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको बिहीबार राति खेलिएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ ।
टस जिती पहिलो ब्याटिङको निर्णय लिएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको हैदराबादले भने निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रनमात्र बनाउन सक्यो ।
पहिलो ब्याटिङ गरेको कोलकाताका लागि रिंकु सिंहले सर्वाधिक ४६ रनको योगदान गरे । उनले ३५ बलको सामना गरी १ छक्का र ४ चौका पनि हिर्काए । कप्तान नितिष राणाले ४२ रन बनाए । ३१ बलको सामना गरेका नितिषले ३ छक्का र ३ चौका प्रहार गरे ।
कोलकाताका लागि आन्द्रे रसेलले पनि २४ रन बनाए । ओपनर जासन रोय २० रन बनाउँदै पेभेलियन फर्किए । यसदेखि वाहेक अनुकुल रोयले (अविजित १३ रन) मात्र दोहोरो सँख्यामा रन बनाउन सके । हैदराबादका बलर मार्को जन्सन र थांगारासु नटरंजनले २-२ विकेट लिए ।
जवाफी ब्याटिङमा ओर्लिएको हैदराबादका लागि कप्तान आइडेन मरक्रमले सर्वाधिक ४१ रन बनाए । हेनरिच क्लासेनले ३६ रन जोडे । अब्दुल समादले २१ रन बटुले । राहुल त्रिपाठी २० रनमा आउट भए । ओपनर मायांक अग्रवालले १८ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो सँख्यामा रन बनाउन सकेनन् ।
हैदराबादले अतिरिक्त रुपमा १४ रन पाएको थियो । कोलकाताका बलर वैभव अरोरा र सार्दुल ठाकुरले २÷२ विकेट लिए । उक्त खेलमा कोलकाताका वरुण म्यान अफ दि म्याच घोषित भए । उनले १ विकेट लिएका थिए ।
हालसम्म १० खेल खेलेको कोलकाता ८ अंकसहित आठौं स्थानमा छ । हैदराबाद भने ९ खेलबाट ६ अंक जोड्दै तालिकाको नवौं स्थानमा आसिन छ । ९ खेलबाट १२ अंक बटुलेको गुजरात टाइटन्स तालिकाको पहिलो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण