कक्षा १२ मा एनजी आएकाले ग्रेड वृद्धि परीक्षा दिन पाउने
काठमाडौँ । कक्षा १२ मा जति विषयमा ‘नन ग्रेडेड’ अर्थात एनजी प्राप्त गर्ने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका छन् । दुई विषयभन्दा बढीमा एनजी प्राप्त गर्ने विद्यार्थीले त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्ने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णय भएको हो । बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले लेटर ग्रेडिङ निर्देशिका २०७८ लाई संशोधन गरेर जति विषयमा एनजी आएको छ त्यत्तिकै विषयको मात्र परीक्षा दिनुपर्ने बताए ।
‘यसअघि दुई विषयभन्दा बढीमा एनजी आएका विद्यार्थीले पुरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर, संशोधन गरेर जति विषयमा एनजी आएको त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्ने निर्णय गरिएको हो,’अध्यक्ष शर्माले भने ।
यसअघि बढीमा दुई विषयमा नन ग्रेडेड प्राप्त गर्नेले मात्र ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो । दुई विषयभन्दा बढीमा नन ग्रेडेड प्राप्त गर्नेहरुले सबै विषयको परीक्षा दिनुपर्ने हुन्थ्यो । नयाँ निर्णयबाट गत वर्ष दुई विषयभन्दा बढीमा नन ग्रेडेड प्राप्त गरेका ५५ हजार भन्दा बढी विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिने बाटो खुलेको हो ।
‘गत वर्ष मौका परीक्षा दिएरपछि ५५ हजारभन्दा बढी विद्यार्थीले एनजी ग्रेड कटाउन सकेका थिएनन् । उनीहरू सबै विषयको परीक्षा दिन लगायो भने ड्रप आउट हुने खतरा बढेर गयो । त्यसैले यो निर्णय गरिएको हो,’ अध्यक्ष शर्माले भने ।
गत वर्षदेखि लागू भएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार दुई विषयभन्दा बढीमा नन ग्रेडेड आएको खण्डमा सबै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । गत वर्षदेखि कार्यान्वयनमा आएको उक्त प्रावधान अनुसार यो वर्ष ५५ हजार बढी विद्यार्थी सबै विषयको परीक्षा दिनुपर्ने थियो ।
यस्तो अवस्थामा धेरै विद्यार्थीहरू सबै विषयको परीक्षा दिन सकिने अवस्थामा नरहेपछि उक्त निर्णय गरिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण