रास्वपाले समर्थन फिर्ता लिँदापनि प्रचण्डको पक्षमा १५८ सांसदको समर्थन कायमै
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन फिर्ता लिएपनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग बहुमत कायमै रहेको छ ।
शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।
रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र स्वतन्त्र सांसदको समर्थन कायमै छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन र टिकाउन बहुमत अर्थात १३८ सांसद भए पुग्छ ।
अहिलेपनि सरकारको पक्षमा कांग्रेसका ८७, माओवादी केन्द्रका ३२, जसपाका १२, नेकपा एकीकृत समाजवादीका १०, लोसपाका ४, नागरिक उन्मुक्तिका ४ र जनमतका ६ सांसद छन् । यो बाहेक प्रभु साहको आम जनता पार्टीको १, जनमोर्चा १ र स्वतन्त्र सांसद अमे्रशकुमार सिंहको पनि प्रचण्डलाई समर्थन कायमै रहेको छ । यो सबै संख्या जोड्दा १५८ सांसदको सरकारलाई समर्थन कायम रहने देखिन्छ ।
गत पुस १० गते नेकपा एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक पुस २६ गते विश्वासको मत लिँदा २६८ सांसदको साथ पाएका थिए । तर पछिल्ला दिनहरुमा सत्ता समीकरणमा आएको फेरबदलसँगै एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि गत चैत ६ गते दोस्रो पटक संसदबाट विश्वासको मत लिँदा प्रचण्डको पक्षमा २६२ सांसदले समर्थन जनाएका थिए ।
पछिल्लो पटक रास्वपाले समर्थन फिर्ता लिएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ । रास्वपाको यो निर्णयसँगै अव प्रतिपक्षमा नेकपा एमाले, रास्वपा, राप्रपा र नेमपिका गरी चार दल हुने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण