गजनीको सिक्वेल बनाउने आमिरको तयारी
मुम्बई । लाल सिंह चड्ढाको बक्सअफिसमा असफलतापछि आमिर खानले फिल्मबाट ब्रेक लिएका छन् । गत वर्ष अभिनेताले च्याम्पियन्स फिल्मको घोषणा गरेका थिए तर त्यो पनि अलपत्र परेको छ ।
यसैबीच आमिर छिट्टै काममा फर्किने खबरहरु आइरहेका छन् । आमिरले सन् २००८ को सुपरहिट रिभेन्ज ड्रामा फिल्म गजनीको सिक्वेल बनाउन लागेका हुन् । यतिबेला उनी फिल्मको बारेमा निर्मातासँग छलफल पनि गरिरहेका छन् । यद्यपि यस विषयमा आमिरको तर्फबाट आधिकारिक जानकारी भने आएको छैन ।
पिपिङमुनको रिपोर्ट अनुसार आमिर खान गजनी २ को लागि दक्षिणतर्फ लागेका छन् । उनी अभिनेता अल्लु अर्जुनका पिता अल्लु अरविन्दसँग काम गर्न चाहन्छन्, त्यसैले उनीसँग कुरा गर्न उनी धेरै पटक हैदराबाद गएका छन् । फिल्मलाई लिएर यी दुईबीच छलफल चलिरहेको छ । स्रोतका अनुसार गत हप्ता पनि आमिर खानले अल्लु अरविन्दलाई भेटेका थिए । दुवै सँगै काम गर्न निकै उत्साहित छन् ।
स्रोतका अनुसार अल्लु अरविन्द र आमिरबीच ४–५ महिनादेखि पटक–पटक भेट हुँदै आएको छ । तर छलफलसँग सम्बन्धित सबै कुरा गोप्य राखिएको छ । यस परियोजनाबारे अझै केही पुष्टि भएको छैन। आमिर र अल्लु अरविन्द दुवै सञ्जय सिंघानियाको कथालाई अगाडि बढाउन चाहन्छन् र केही महिनामा स्क्रिप्ट फाइनल गर्ने बताइएको छ ।
रिपोर्टको विश्वास गर्ने हो भने, आमिर खानलाई अहिले फिल्म उद्योगबाट धेरै अफर आइरहेका छन् । बलियो कन्टेन्ट ड्रामाका लागि स्नेहा रजनीसँग कुराकानी भइरहेको बताइएको छ । उनलाई एनटीआर जुनियरसँग प्रशान्त नीलको प्यान इन्डिया चलचित्र अफर गरिएको छ । आमिरसँग यस परियोजनाको बारेमा पनि कुराकानी भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण