पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : अर्थ मन्त्री डा. महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको बताएका छन् । दुप्चेश्वर गाउँपालिका नाम्सापुराण नुवाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘हामीसँग राजस्वबाट प्राप्त हुने आम्दानी यो वर्ष थोरै छ । यो थोरै आम्दानीलाई देशैभरिको विकास निर्माणमा पुर्याउनु पर्ने हुन्छ । स्रोतको समस्या छ, यसका बाबजुद जे सम्भव हुन्छ, मबाट काम हुनेछ ।’
मन्त्री डा. महतले नपाली कांग्रेसले विकास निर्माणलाई सधैं प्राथमिकता दिँदै आएको बताए । कांग्रेस जहिले सरकारमा हुन्छ, त्यसबेला जनताको पीरमर्का, आवश्यकता र विकास निर्माणलाई प्राथमिकतामा राखेको हुने उनको भनाइ थियो । ‘दुप्चेश्वर गाउँपालिकामा केही समय अगाडि कुनै पूर्वाधार थिएन । पुल, सडकलगायतका विविध पूर्वाधारको विकास भएको छ, शिवपुरी क्षेत्रमा व्यापक विद्युतीकरण भएको छ,’ उनले भने, ‘अहिले पनि यहाँको विकास निर्माण, जनताको आवश्यकता, बाह्रै महिना चल्ने बाटो निर्माण हो, अप्ठ्यारो पर्दा, बालबालिकालाई स्कुल जाँदा कुनै समस्या नआओस् भन्ने हो, त्यसैले पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको छ ।’
‘अहिले यहाँ दुईवटा महत्त्वपूर्ण बाटो निर्माण भएको छ । प्रदेश सरकारको लगानीमा सिधैं राजधानी काठमाडौ–खोले गाउँ–महाकाली हुँदै दुप्चेश्वर जोडिँदै छ । ट्रयाक जोडिसकेको छ, अब पक्की बाटो बन्दैछ । केन्द्र सरकारको लगानीमा गंगटे त्रिशुलीदेखि नै गोल्फु भञ्ज्याङसम्म जाने बाटो बनेको छ’ अर्थमन्त्री डा. महतले भने, ‘समुन्द्र टारदेखि यता, त्यो कच्ची छ, बर्खामा धेरै अप्ठ्यारो छ । यो बाटोलाई पक्की गर्नुपर्ने आवश्यकता छ । ढिकुरेदेखि समुन्द्रटारसम्मको बाटो पनि स्तरोन्नति गर्न आवश्यक छ । यसका लागि आवश्यक बजेट विनियोजन हुनेछ । यो काम हामी गछौं, यो दुईवटा बाटो जोडिसकेपछि यहाँका जनताका कठिनाइका दिन अन्त्य हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण