लण्डन । राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ । उनलाई आर्चबिशपले भव्य समारोहबीच ताज लगाइदिएका हुन् ।
यो ३६० वर्ष पुरानो ताज २२ क्यारेट सुनले बनेको छ । यो ३० सेन्टिमिटर लामो छ, यसको वजन लगभग दुई किलो २३० ग्राम छ। यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा उनको राज्याभिषेकमा लगाएकी थिइन् र विगत ७० वर्षदेखि यो मुकुट टावर अफ लन्डनबाट विरलै बाहिर आएको छ।
राजा चार्ल्सप्रति निष्ठा व्यक्त गर्दै आर्चबिशप सम्मानमा झुकेका थिए। आर्च शपले वेस्टमिंस्टर एबेमा र घरमा कार्यक्रम हेरिरहेकाहरूलाई यी शब्दहरूका साथ राजा चार्ल्सप्रति वफादारीको शपथ लिन आग्रह गरे। शब्दहरू थिए, ‘म कसम खान्छु कि म महाराज, उहाँको उत्तराधिकारी र कानुनमा साँचो निष्ठा राख्नेछु।’
रानी कन्सोर्ट क्यामिलालाई पनि ताज लगाइएको छ। तर, उनलाई सपथ लिन भने भनिएन । उनलाई रानी मेरीको ताज लगाइयो। राजा चार्ल्सको राज्याभिषेकका लागि करिब २ हजार मानिसलाई आमन्त्रण गरिएको छ ।
तस्बिरहरु:
_3tqmKAci1K.jpg)
_zEBxsKbjrY.jpg)
_NFuXZeZZ6q.jpg)
_B5F1OaxlC5.jpg)
_lg1rKmvFHX.jpg)
_ib6vS4NYfq.jpg)
_ShQ5qivJLb.jpg)
_fCnHVYqQYo.jpg)
_WNh7pkd6Bh.jpg)
_vnJUWg97sP.jpg)
_5eG5Yc3KYr.jpg)
_Uy5vvXqEXk.jpg)
_jNT5xvtEH7.jpg)
_nhzmxHVQxw.jpg)
_b6wo2zL2kS.jpg)
_uk6OaQ70XK.jpg)
_k1ySJSC6YA.jpg)
_ws4lOZ6DXZ.jpg)
_CSARwfcLdS.jpg)
_pusXVSVWtu.jpg)
_Nq3xc07ICx.jpg)
_EyK0oO9Upz.jpg)
_IFOn93YbCl.jpg)
प्रतिक्रिया